हिमाल दैनिक
नेपालले माल्दिभ्सलाई २–१ गोल अन्तरले हराउँदै फाइनल प्रवेशकाे सम्भावना कायमै राख्याे
78660486_741276093037530_1425014851108864000_n
१३ औं दक्षिण एसियाली खेलकुद ९साग० अन्तर्गत पुरुष फुटबलमा नेपालले माल्दिभ्सलाई २–१ गोल अन्तरले हराउँदै फाइनल प्रवेश सम्भावना बलियो बनाएको छ। जितसंगै नेपाल तीन खेलबाट ७ अंकसहित समूहको शीर्ष स्थानमा उक्लिएको छ। खेलमा नेपालले पहिलो हाफको अन्य र दोस्रो हाफको सुरुवातमा गोल गरेको थियो। नेपालका लागि अभिषेक रिजालले ४३ औ मिनेटमा र अनन्त तामाङले ५२ मिनेटमा गोल गरेका हुन्। यता सुरुवाती अग्रता भने माल्दिभ्सले लिएको थियो। माल्दिभ्सका लागि १७ औं मिनेटमा इब्राहिम महुदी हुसैनलेले गोल गरेका हुन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल बलियो देखियो। प्राप्त अवसरलाई गोलमा परिणत गर्न नसक्दा दुबै टोली थप गोल गर्नबाट चुकेका थिए। नेपालले लिग चरणको अन्तिम खेल बंगलादेशसंग खेल्न बाँकी नै छ। उक्त खेलले समूह विजेताको टुंगो लाग्ने छ। नेपालले पहिलो खेलमा भूटानलाई ४ गोल अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा श्रीलंकासंग १–१ बराबरीमा रोकिएको थियो। आजको जितले नेपाल एक खेल अगावै फाइनल पुग्ने आधार बलियो बनाएको छ। आजै हुने प्रतिस्पर्धामा श्रीलंकाले भूटानलाई बराबरीमा रोके वा पराजित गरेको खण्डमा नेपालले फाइनल यात्रा पक्का गर्ने छ। हाल भूटानको ६ अंक सहित तालिकाको दोस्रो स्थानमा छ। यता अग्रता जोगाउन नसक्दा माल्दिभ्स पराजित भयो। र, प्रतियोगिताबाटै बाहिरियो। लिगका पुरै खेल खेल्दा माल्दिभ्सको जम्मा दुई अंकमात्रै छ। माल्दिभ्स भूटान र नेपालसंग पराजित भएको हो भने श्रीलंका र बंगलादेशसंग बराबरी गरेको थियो।
प्रकाशित मिति: बुधबार, मंसिर १८, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update