म्याराथनतर्फका नेपालका धावक बैकुण्ठ मानन्धरले नेपालमा म्याराथन खेलको बिकास हुँदै गएको भन्दै खुसी व्यक्त गरेका छन्।
शनिबार काठमाडौंमा संचारकर्मीसंग कुरा गर्दै उनले म्याराथनमा खेलाडीहरुले राम्रो नजिता ल्याउन सफल भएको समेत बताए।
उनले सागमा आशा गरेअनुसारको नतिजा नै आएको उल्लेख गरे । उनले म्याराथनमा रहेको आफ्नो किर्तिमान नेपाली खेलाडीहरुले तोड्ने विश्वास समेत व्यक्त गरे।
त्यस्तै साग म्याराथनमा शनिबार स्वर्ण जित्न सफल नेपालका किरण सिंह बोगटीले सागमा आफुलाई मौका दिएपनि निरन्तरण अभ्यास गरेको बताए। आगामी दिनमा अझै उत्कृष्ट टाइमिङ् निकाल्ने प्रयासमा रहने उनले बताए।
प्रकाशित मिति: बुधबार, मंसिर १८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय