हिमाल दैनिक
५००० मीटर दौडमा गोपीचन्द्रको स्वर्ण, हरिकुमारको काँस्य पदक
5000-meter-running-winner
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष पाँच हजार मिटर दौडमा नेपालले स्वर्ण पदक जितेको छ। आज बिहान भएको दौडमा नेपालका गोपीचन्द्र पार्कीले ५००० हजार मिटरको दौड जितेका हुन्। पार्कीले १४ मिनेट ५४.२० सेकेन्डमा ५००० दुरी पुरा गरेका थिए भने भारतका सुनिल दावरले १४ मिनेट ५५.२१ सेकेन्डमा पुरा गर्दै छन्। दौडमा सुनिलले अग्रता लिएपनि अन्तिम समयमा पार्कीले सुनिललाई पछार्दै यो दौड आफ्नो नाममा दर्ता गरेका छन्। त्यस्तै १४ मिनेट ५७ सेकेन्डमा नेपालका हरिकुमार रिमाले कास्य पदक जितेका छन्। नेपालको खातामा ३७ स्वर्ण पदक पुगेको छ। https://www.facebook.com/himaldainik/videos/488648035106650/
प्रकाशित मिति: मंगलबार, मंसिर १७, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update