१३ औं दक्षिण एसियाली खेलकुद (साग)को एथ्लेटिक्समा बिहीबार नेपालले निराशाजनक प्रदर्शन गरेको छ ।६ ओटा स्वर्णपदकका लागि भएको भिडन्तमा नेपालले एउटा पनि पदक जितेन ।
११० मिटर हर्डल्स् पुरुषतर्फ पाकिस्तानी खेलाडीले स्वर्णपदक जित्दा नेपालका जीवन चौधरी छैटौं तथा चन्द्रदेव जोशी आठौं भए । १०० मिटर हर्डल्स् महिलामा श्रीलंकाकी खेलाडीले स्वर्ण जित्दा नेपालकी प्रमिला थारु सातौं भइन् । ४०० मिटर महिला र पुरुष दौडमा नेपाल फाइनल चरणसम्म नै पुग्न सकेन ।
महिला ट्रिपल जम्पमा श्रीलंकाकी खेलाडीले स्वर्ण जित्दा नेपालकी शिला चौधरी छैटौं भइन् ।
पुरुष ट्रिपल जम्पमा भारतका खेलाडीले स्वर्ण जित्दा नेपालका दिल्ली खत्री र भुवन महतो क्रमशः छैटौं र सातौं स्थानमा रहे । एथ्लेटिक्सको तेस्रो दिन बिहीबार श्रीलंकाले चार स्वर्ण जित्दा पाकिस्तान र भारतले एक–एक स्वर्ण जिते ।
नेपालका लागि अहिलेसम्म १० हजार मिटर दौडमा महिलातर्फ सन्तोषी श्रेष्ठले स्वर्ण तथा पुरुषतर्फ दीपक अधिकारीले कास्यपदक दिलाएका छन् ।
प्रकाशित मिति: सोमबार, मंसिर १६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय