१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा नेपालकी गौरिका सिंहले स्वर्ण पदक जितेकी छिन्। सातदोबाटोस्थित पौडी पोखरीमा बिहीबार महिला २०० मिटर फ्रिस्टाईलमा गौरिकाले स्वर्ण जितेकी हुन् ।
ओलम्पियन गौरिकाले २ मिनेट ०५.०६ सेकेण्डमा दुरी पुरा गरिन् । गौरिकाले जितेको यो स्वर्ण पौडीको व्यक्तिगततर्फ नेपालको पहिलो स्वर्ण हो । यस अघि नेपालले टिम इभेन्टमा मात्र स्वर्ण जितेको छ । महिला २ सय मिटर फ्रिस्टाईलमा भारतले रजत र बंगलादेशले कास्य जितेको छ ।
https://www.facebook.com/himaldainik/videos/475684236660761/
महिलाको २०० ब्रेस्टस्ट्रोकमा नेपालकी डुवना लामाले रजत जितेकी छिन् । लामाले २ मिनेट ४४.६८ सेकेण्डको समय निकालिन । यस स्पर्धामा भारतले स्वर्ण जितेको छ । भारतकी अपेक्षा फर्नान्डेजले २ मिनेट ३८.०५ सेकेण्डको समय निकालिन । श्रीलंकाकी रामुदी नुलाराले २ मिनेट ४४.७७ सेकेण्डसहित कास्य जितिन् ।
प्रकाशित मिति: सोमबार, मंसिर १६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय