१३ औं दक्षिण दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा आज नेपाल फाइनलमा प्रवेश गरेको छ। आज पोखराको रंगशालामा भएको खेलमा माल्दिभ्सविरुद्ध ३-०को फराकिलो जीत हासिल गर्दै नेपालले फाइनलमा आफ्नो स्थान सुनिश्चित भनेको हो। सागमा नेपाल तेस्रो पटक महिला फुटबलको फाइनलमा पुगेको हो।
आजको खेलमा सावित्रा भण्डारीको ह्याट्रिकले गर्दै महिलातर्फ नेपालको सर्वाधिक गाेलकाे रेकर्ड तोडेकी छिन्। यस अघि नेपालकि पूर्व कप्तान अनु लामाको ३५ को गोल रेकर्ड भण्डारीले तोडेकी छिन्।
खेलको पहिलो १८ औं मिनेटमा पहिलाे गाेल गर्दै सावित्राले नेपाललाई अग्रता दिलाएकी थिइन्। त्यस्तै सावित्राले चार मिनेट नबित्दै फेरी अर्को गोल गर्दै पहिलो हाफमा २ गोलको अग्रता दिलाइन्।
दोस्रो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमै फेरी सावित्राको अर्को गोलले नेपालको गोल सुनिश्चित गरिन्। यसपालीको खेलमा ह्याट्रिक गर्ने उनि पहिलो महिला हुन्।
अब फाइनल अघि राउन्ड रोविनमा भारत र नेपालबीच शनिबार प्रतिस्पर्धा हुनेछ ।आजै भारतले श्रीलङ्कालाई ६–० गोलअन्तर पराजित गर्दै फाइनलमा पुगेको थियो। नेपाल र भारतबीच यस अघिको सागमा पनि अमनासामना गरिसकेका छन्। सोमबार हुने फाइनलमा भारत र नेपाल तेस्रो पटक भिड्ने छन्।
प्रकाशित मिति: सोमबार, मंसिर १६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय