१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बिहीबारको पुरुष फुटबलतर्फको खेलमा माल्दिभ्स भुटानसँग पराजित भएको छ ।आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा माल्दिभ्स भुटानसँग २–१ ले पराजित भएको हो ।
२ शून्यले पछाडि परेको माल्दिभ्सले खेलको ९० औं मिनेटमा गोल फर्काउँदै गोल अन्तर घटाएको हो । यो जितसँगै भुटानले तीन खेल खेल्दा ६ अंक बनाएको छ । भुटान एक खेलमा पराजित भयो भने दुई खेलमा विजयी भयो । भुटानलाई नेपालले पहिलो खेलमा ४–० ले पराजित गरेको थियो । तीन खेल खेलेको माल्दिभ्सको दुई अंक छ ।
दुई खेलमध्ये एकमा बराबरी र एक खेलमा विजयी भएको नेपालको चार अंक छ । श्रीलंकाको दुई अंक रहेको छ भने बंगलादेश एक अंकसहित अन्तिममा छ ।
प्रकाशित मिति: सोमबार, मंसिर १६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय