हिमाल दैनिक
अग्रता कायम गर्न नसक्दा नेपाल बराबरीमा रोकियो
nepalvssrilanka
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपाल आज बराबरीमा रोकिएको छ। बुधबार दशरथ रंगशालामा भएको दोश्रो खेलमा नेपाल श्रीलंकाबिरुद्ध बराबरीमा रोकिएको हो। पहिलो हाफको ३५ औ मिनेटमा नेपालका कप्तान सुजल श्रेष्ठले अग्रता दिलाएका थिए। डि-बक्सभित्र श्रीलंकाली खेलाडीले अनन्त तामाङलाई लडाएपछि नेपालले पाएको पेनाल्टीमा श्रेष्ठले गोल गरेका थिए। पहिलो हाफ १-० को अग्रतापछि नेपालले दोस्रो हाफमा दुइवटा सुन्दर मौका पाएको थियो। यद्यपि त्यस मौकालाई नेपालले सदुपयोग भने गर्न सकेन। पुरै खेलका दौरान श्रीलंकन टिममाथि हाबी रहेको नेपाल खेलको अन्तिम चार मिनेटमा अग्रता कायम गर्न सकेन। श्रेष्ठले दिलाएको अग्रतालाई नेपालले अन्तिम चार मिनेटमा कायम गर्न नसक्दा श्रीलंकासँग अंक बाँड्न बाध्य भएको हो। इन्जुरी टाइममा श्रीलंकाका जुडे सुमनले फ्रीकिकमार्फत उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा परिणत गरे। सुमनको गोल नै आजको खेलको अन्तिम गोल बन्न पुग्यो। यस अघि नेपालले भुटानलाई ४-० ले पराजित गरेको थियो। आजको खेल पछि नेपाल र श्रीलंका बीच अंक बाडिएको छ। दुई खेल खेलेको नेपाल ४ अंक बटुलेर शिर्ष स्थानमा रहेको छ।
प्रकाशित मिति: आइतबार, मंसिर १५, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update