१३ औँ दक्षिण एसियाली खेलकुद अन्तर्गत जारी फुटबलमा नेपालले पहिलो हाफमा नै अग्रता लिएको छ। आज दशरथ रंगशालामा जारी रहेको खेलमा नेपालका कप्तान सुजल श्रेष्ठले ३५ औँ मिनेटमा नेपाललाई अग्रता दिलाएका थिए।
डि-बक्सभित्र श्रीलंकाली खेलाडीले अनन्त तामाङलाई लडाएपछि नेपालले पाएको पेनाल्टीमा श्रेष्ठले गोल गरेका हुन्। पहिलो हाफमा अहिले नेपाल एक गोलको अग्रता लिएको छ। यस अघि मंगलबार नेपालले भुटानलाई ४-० ले पराजित गरेको थियो जसमा दुई गोल सुजल श्रेष्ठले नै हनेका थिए।
प्रकाशित मिति: आइतबार, मंसिर १५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय