काठमाडौँमा जारी तेह्रौं दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत करातेको कुमुतेतर्फ नेपालकी अनुपमा मगरले स्वर्णपदक हात पारेकी छिन् ।
[caption id="attachment_79151" align="aligncenter" width="1800"] तस्वीर: तेह्रौ दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत सातदोबाटोमा भएको तेक्वान्दो प्रतियोगितामा महिलातर्फ नेपाल र श्रीलङ्काबीच प्रतिस्पर्धा गर्दै खेलाडी ।[/caption]
महिला ६८ केजी माथिको तौल समूहको फाइनलमा अनुपमाले पाकिस्तानी खेलाडीलाई हराएर नेपाललाई स्वर्ण पदक दिलाएकी हुन् । अनुपमाले पाकिस्तानकी नार्गिसलाई ६–३ ले पराजित गरीन ।
[caption id="attachment_79149" align="aligncenter" width="1800"] तस्वीर: तेह्रौ दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत सातदोबाटोमा भएको तेक्वान्दो प्रतियोगितामा महिलातर्फ नेपाल र श्रीलङ्काबीच प्रतिस्पर्धा गर्दै खेलाडी ।[/caption]
त्यसअघि अनुपमा श्रीलङ्काकी विजेकुन मोहम्मदलाई ७–४ ले पराजित गर्दै फाइनमा पुगेका हुन् । सोही स्पर्धामा श्रीलङ्का र बङ्गलादेशले कास्यपदक जित्यो । यससगैँ करातेमा नेपालको स्वर्ण पदक सङ्ख्या १० पुगेको छ ।
[caption id="attachment_79150" align="aligncenter" width="1800"] तस्वीर: तेह्रौँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत सातदोबाटोमा भएको तेक्वान्दो प्रतियोगितामा नेपाल र भारतबीच प्रतिस्पर्धा गर्दै खेलाडी ।[/caption]
यसअघि करातेको एकल कातामा मण्डेकाजी श्रेष्ठ र टिम काताअन्तर्गत पुरुषतर्फ मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ र प्रवीण मानन्धर तथा टिम काता महिलामा निर्मला तामाङ र सङ्गीता मगर सरु कार्की तथा ५५ केजीमा लक्ष्मण तामाङले नेपाललाई स्वर्णपदक दिलाएका थिए ।
त्यसैगरी ८४ केजीमाथि विप्लवलाल श्रेष्ठ, ४५ केजी मुनी कुसुम खड्का, ५० केजी मुनि अनु अधिकारी ६७ केजीमा नवीन रसाइली र ६८ केजीमा सुनिता महर्जनले स्वर्णपदक जितेका थिए । करातेमा अहिलेसम्म कुनै पनि स्पर्धामा नेपाल पदक विहीन भएको छैन ।
प्रकाशित मिति: आइतबार, मंसिर १५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय