१३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत एथ्लेटिक्सको पुरुष १० हजार मिटरको प्रतियोगितामा नेपाली धावक दीपक अधिकारीले कास्य पदक जितेका छन्।
[caption id="attachment_79127" align="aligncenter" width="1800"] तस्वीर: दशरथ रङ्गशालामा बुधबार भएको तेह्रौ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथलेटिक्सतर्फ १० हजार मिटर दौडमा काँस्य पदक विजेता दीपेन्द्र अधिकारी ।[/caption]
त्रिपुरेश्वरस्थित दशरथ रङ्शालामा आज भएको १० हजार मिटर दौडमा अधिकारीले सो दौड ३० मिनेट ५०.०६ सेकेण्डको समय खर्चदै कास्य पदक प्राप्त गरेका हुन् ।
सोही प्रतिस्पर्धामा भारतका सुरेश कुमारले स्वर्ण पदक जित्नुभयो भने श्रीलङ्काको सान मुगेशश्वरले रजत पदक हात पारे । कुमारले निर्धारित दूरी २९ मिनेट ३३.६१ सेकेण्ड समय खर्चदै पूरा गर्नुभयो भने श्रीलङ्कामन मुगेशश्वरले ३० मिनेट ४९.२० सेकेण्डको समय लगाउँदै रजत पदक हात पारे ।
सोही स्पर्धामा हिजो भएको महिलातर्फको प्रतियोगितामा नेपालका सन्तोषी श्रेष्ठले स्वर्णपदक हासिल गरेकी थिइन् ।
[caption id="attachment_79124" align="aligncenter" width="1800"] तस्वीर:दशरथ रङ्गशालामा बुधबार भएको तेह्रौ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथलेटिक्सतर्पm १० हजार मिटर दौडमा स्वर्ण पदक जितेकी नेपालकी सन्तोषी श्रेष्ठ ।[/caption]
प्रकाशित मिति: आइतबार, मंसिर १५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय