हिमाल दैनिक
तेह्रौँ साग : ट्रायथोलनमा नेपाललाई छ पदक
triathlon-nepali-winners1-sag-games
नेपालमा जारी १३औँ दक्षिण एशियाली खेलकूद(साग) अन्तर्गत पोखरामा सम्पन्न ट्रायथोलन स्पर्धामा नेपाल सर्वाधिक छ पदक जितेर टिम च्याम्पियन बनेको छ । यही मङ्सिर १६ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा पाँच स्वर्ण, पाँच रजत र पाँच कास्य गरी १५ पदकका लागि भएको प्रतिस्पर्धामा नेपाल पदक तालिकामा शीर्षस्थानमा रहन सफल भयो । [caption id="attachment_79117" align="aligncenter" width="1800"] तस्वीर: पोखरामा सम्पन्न ट्रायथोलनको मिक्स रिलेमा पदक विजेता खेलाडीहरु ।[/caption] प्रतियोगितामा नेपालले छ पदक हासिल गर्दा भारतले पाँच तथा श्रीलङ्काले चार पदक जित्न सफल भए । आयोजक नेपालले ट्रायथोलनमा एक स्वर्ण तथा एक कास्य, डुआथोलनमा एक स्वर्ण तथा दुई रजत पदक तथा मिक्स रिलेमा एक रजत पदक जितेको छ । ट्रायथोलन महिलातर्फको स्प्रिन्ट विधामा सोनी गुरुङ र डुआथोलन पुरुषतर्फको स्प्रिन्ट विधामा हिमाल टमटाले एक÷एक स्वर्ण नेपाललाई दिलाएका थिए । [caption id="attachment_79113" align="aligncenter" width="1800"] तस्वीर: पोखरामा सम्पन्न ट्रायथोलनको पुरुषतर्फको डुआथोलन स्पर्धामा पदक विजेता खेलाडीहरु ।[/caption] डुआथोलन पुरुषतर्फको स्प्रिन्ट बिधामा लक्ष्मण मल्ल र सोही बिधाको महिलातर्फ हुमी बुढा मगरले रजत पदक तथा सोनी गुरुङ, दिपेश चौधरी, केशरी थापा मगर र वसन्त थारुको टिमले ‘मिक्स टिम रिले’ मा रजत पदक दिलाए । त्यस्तै पुरुषतर्फको स्प्रिन्ट बिधाको ट्रायथलनमा बसन्त थारुले नेपाललाई कास्य पदक दिलाएका थिए । [caption id="attachment_79116" align="aligncenter" width="1800"] तस्वीर: पोखरामा सम्पन्न ट्रायथोलनको मिक्स रिलेमा पदक विजेता तीनै देशका खेलाडीहरुसँग गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलगायत ।[/caption] त्यसैगरि भारतले ट्रायथलनमा एक स्वर्ण, दुई रजत र एक कास्य तथा मिक्स रिलेमा एक स्वर्ण पदक जित्यो । श्रीलङ्काले डुआथोलनमा एक स्वर्ण र दुई कास्य तथा मिक्स रिलेमा एक कास्य पदक जितेको छ । प्रतियोगिता अन्तर्गत आज सम्पन्न ‘मिक्स रिल’ेको फेवातालमा ३०० मिटर पौडी, छ दशमलव पाँच किमी साइक्लिङ र साढे दुई किमी दौड एक घण्टा ३५ मिनेट २० सेकेण्डमा पूरा गरी भारतले स्वर्ण पदक जितेको छ । [caption id="attachment_79115" align="aligncenter" width="1800"] तस्वीर:पोखरामा सम्पन्न ट्रायथोलनमा पदक विजेता नेपाली खेलाडीहरु ।[/caption] त्यसैगरी नेपालले एक घण्टा ३८ मिनेट २८ सेकेण्डमा निर्धारित दूरी पार गरी रजत तथा एक घण्टा ४१ मिनेट २१ सेकेण्डमा तय गरिएको दूरी पार गरी श्रीलङ्काले कास्य पदक प्राप्त गरेको थियो । भारतमा सम्पन्न १२औँ संस्करणको सागबाट ट्रायाथोलन खेल प्रतियोगितामा समावेश गरिएको थियो । १२औँ संस्करणमा नेपाले मिक्स इभेण्टतर्फ एक रजत तथा महिला व्यक्तिगतमा एक काश्य पदक जितेको थियो । घरेलु मैदानमा भएको प्रतियोगितामा नेपालले सर्वाधिक पदक जितेकामा प्रशिक्षक सानुभाइ पौडेलले खुशी व्यक्त गरे। खेलाडीले डटेर खेलेकाले नै बलियो टोली भारतलाई पदक तालिकामा पछि पार्न सम्भव भएको बताउँदै उहाँले पाँच पदक आश गरेकोमा त्यो भन्दा बढी पदक जितेकोमा खेलाडीको प्रशंसा गरे । [caption id="attachment_79112" align="aligncenter" width="1800"] तस्वीर:पोखरामा सम्पन्न ट्रायथोलनको महिलातर्फको स्पर्धामा स्वर्ण पदक विजेता नेपालकी सोनी गुरुङ ।[/caption] डुआथलनमा स्वर्ण विजेता टमाटाले आवश्यक खेल सामग्रीको अभावमा समेत आफूहरुले देशको नाम राख्नुपर्दछ भनेर मेहनत गरेर खेलेको बताए। प्रतियोगिताको आज समापनका अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विजेता खेलाडीलाई पदक वितरण गरेका थिए। [caption id="attachment_79118" align="aligncenter" width="1800"] तस्वीर: पोखरामा सम्पन्न ट्रायथोलनको महिलातर्फको स्पर्धामा पदक विजेता खेलाडीहरुसँग गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलगायत ।[/caption] प्रतियोगितामा नेपाललाई पदक दिलाउने खेलाडीलाई नेपाल ओलम्पिक कमिटीमा महासचिव एवं नेपाल ट्रायथोलन सङ्घका अध्यक्ष नीलेन्द्रराज श्रेष्ठले व्यक्तिगत रुपमा स्वर्ण पदक विजेतालाई नगद रु एक लाख, रजतलाई रु ५० हजार र कास्य पदक विजेतालाई रु २५ हजार दिने घोषणा गरेका छन् । त्यसैगरी गण्डकी प्रदेशका अर्थ तथा विकास समिति सभापति दीपक कोइरालाले समेत पदक विजेता खेलाडीलाई क्रमश रु २५ हजार, १५ हजार र रु १० हजार पुरस्कार दिने बताएका छन् ।
प्रकाशित मिति: आइतबार, मंसिर १५, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update