हिमाल दैनिक
१३औँ साग : कुस्तीको तयारी पुरा
kushti-sag-games
१३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत यही मङ्सिर २० गतेदेखि २३ गतेसम्म जनकपुरधामको जिल्ला खेलकूद विकास समितिको कभर्डहलमा हुने कुस्ती खेलका लागि सम्पूर्ण तयारी सम्पन्न भएको छ । [caption id="attachment_79093" align="aligncenter" width="1800"] तस्वीरःतेह्रौँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत पहिलोपटक जनकपुरमा हुन लागेको कुस्ती खेल आयोजना गर्नका लागि शृंगारिएको जनकपुरको कबर्ड हल । जनकपुरधाम उपमहानगरपालिका– १३ स्थित नेपाल सरकारले विसं २०४० मा निर्माण गरेको कवर्ड हलको ३६ वर्षपछि मर्मत सम्भार गरी सम्पन्न भएको छ ।[/caption] सोका लागि कभर्ड हलमा खेल मैदान र होटलमा खेलाडीको आवासको व्यवस्थापनकार्य सम्पन्न भइसकेको जनाइएको छ । कुस्तीमा सहभागी हुनेमध्ये नेपाल र बङ्गलादेशका खेलाडि जनकपुरधाम आइपुगेका खेलकुद विकास समितिका प्रशासकीय प्रमुख विनोदकुमार सिंहले बताए । उनका अनुसार सो खेलमा माल्दिभ्स र भुटान बाहेक नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान र श्रीलङ्काका खेलाडी सहभागी हुने छन् । [caption id="attachment_79094" align="aligncenter" width="1728"] तस्वीरः तेह्रौँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत पहिलोपटक जनकपुरमा हुन लागेको कुस्ती खेल आयोजना गर्नका लागि जनकपुरधाम उपमहानगरपालिका– १३ स्थित कवर्ड हलमा ओछाईएको म्याट । यही म्याटमा खेलको आयोजना हुनेछ ।[/caption] खेलमा नेपाल, भारत, बङ्गलादेश र श्रीलङ्काको महिला र पुरूष टिमको सहभगिता रहने छ भने पाकिस्तानबाट पुरूष टिमको मात्र सहभागिता रहने जनाइएको छ । नेपालका खेलाडीका लागि जनकपुरधामको सिटी स्टार होटल, बङ्गलादेशका लागि बेलकम, भारत र श्रीलङ्काका लागि राजदरबार होटल र पाकिस्तानका लागि बर्दिवासको पावन मिथिला होटलमा व्यवस्थापन गरिएको प्रमुख सिंहले जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, मंसिर १५, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update