राजधानीमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत एथ्लेटिक्सको १० हजार मिटर दौडमा नेपालकी सन्तोषी श्रेष्ठले आज स्वर्णपदक हात पारेकी छिन् ।
[caption id="attachment_78995" align="aligncenter" width="1800"] तस्बिर:तेह्रौ दक्षिण एसियाली खेलकुद (साग) मा १०,००० मिटरमा दौडमा स्वर्णपटक विजयपछि सन्तोषी श्रेष्ठ ।[/caption]
त्रिपुरेश्वरस्थित दशरथ रङ्शालामा आज भएको खेलमा सन्तोषीले ३५ मिनेट ०७.९४ सेकेन्डमा निर्धारित दूरी पार गर्दै स्वर्ण पदक हात पारेकी हुन् । उनले भारतकी कविता यादवलाई ०.०१ सेकेण्डलेपछि पार्दै नेपाललाई एथ्लेटिक्समा पहिलो स्वर्ण दिलाईन। भारतकी कविताले ३५ मिनेट ०७.९५ को समय खर्चदै रजत पदक जितिइन । सोही स्पर्धामा श्रीङ्का तेस्रो बन्यो । श्रीलङ्काकी निलान्थी लङ्काले ३५ मिनेट ५९.०२ सेकेण्डको समय खर्चदै कास्य पदक हात पारेकी हुन्।
[caption id="attachment_78994" align="aligncenter" width="1800"] तस्बिर:तेह्रौ दक्षिण एसियाली खेलकुद (साग) मा १०,००० मिटरमा दौडमा स्वर्णपटक विजयपछि सन्तोषी श्रेष्ठ ।[/caption]
साग इतिहासमा नेपालको महिला एथ्लेटिक्स खेलाडीले जितेको यो पहिलो स्वर्ण हो । यसअघि सन् २००६ मा श्रीलङ्कामा भएको सागमा नेपालकी कान्छीमाया कोजुले १० हजार मिटर दौडमा नेपालाई रजत पदक दिलाएकी थिन । त्यस्तै सन्तोषीले आठौं राष्ट्रिय खेलकूदमा स्वर्ण जितेकी थिइन् । योसँगैँ १३औँ सागमा नेपालले अहिलेसम्म २० स्वर्ण पदक हात पारेको छ ।
प्रकाशित मिति: शनिबार, मंसिर १४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय