हिमाल दैनिक
कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउन सरकारले लिएको पहलकदममा साथ दिँदै संघीय संसदको राष्ट्रिय सभा बैठक पनि सूचना टाँस गरी स्थगित भएको छ। शुक्रबार अपरान्ह १ बजेका लागि डाकिएको राष्ट्रिय सभाको बैठक अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको निर्देशनमा कार्यबहाक महासचिव गोपालनाथ योगीले सूचना प्रकाशित गरी अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित भएको जानकारी दिएका छन्। यसअघि बिहिबार बसेको प्रतिनिधि सभा कार्यव्यवस्था समितिको निर्णय बमोजिम आजका लागि डाकिएको प्रतिनिधि सभाको बैठक पनि चैत १३ गतेसम्मका लागि सूचनामार्फत स्थगित भएको थियो। विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट देश र जनतालाई बचाउन सरकारले शैक्षिक संस्था, चलचित्र हल बन्द गर्नेदेखि २५ जनाभन्दा बढिको संख्यामा भेला हुन र अनावश्यक ओहोर, दोहोर नगर्न सार्वजनिक अपिल गरेको थियो।
प्रकाशित मिति: मंगलबार, चैत ४, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update