चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमणबाट नेपाली बालबालिकालाई बचाउन तत्कालका लागि विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गर्न प्रतिनिधि सभामा सांसदले माग गरेका छन्।
शुक्रबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले संक्रमणबाट बच्न र बचाउन सार्वजनिक सभा, सम्मेलन नगर्न र सकेसम्म भिडभाडमा नजान सार्वजनिक सूचना जिल्ला प्रशासन कार्यालयले जारी गरेपनि शिक्षा मन्त्रालयले शैक्षिक संस्थालाई चैत ५ गतेभित्र परिक्षा सम्पन्न गर्न निर्देशन दिएको विषयमा सरकारको ध्यानाकर्षण गराइन्।
उनले सर्वसाधारण जनतालाई भिडभाडमा नजान भनेपनि स्कूल तथा शैक्षिक संस्थालाई चैत ५ सम्ममा परिक्षा सम्पन्न गर्ने निर्देशन भन्दा तत्कालको लागि सबै शैक्षिक संस्था बन्द गरेर बालबालिकाहरुको स्वास्थ्यमा हुन सक्ने असर न्यून गराउन सरकारसँग माग गरिन्।
प्रकाशित मिति: मंगलबार, फागुन २०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय