अर्थमन्त्री डा. युवराज खतिवडासहित राष्ट्रिय सभाका १९ सांसदको कार्यकाल मंगलबार सकिएको छ ।
गोलाप्रथाका आधारमा राष्ट्रियसभामा प्रतिनिधित्व गर्नेमध्ये १९ सांसदको कार्यकाल सकिएको हो । कार्यकाल सकिनुअघि सांसदले संसद भवन नयाँ बानेश्वरमा सामूहिक फोटो सेसन गरिएको थियो ।
[caption id="attachment_84370" align="alignnone" width="1920"] राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग मङ्गलबार सङ्घीय संसद भवनामा राष्ट्रपतिबाट मनोनित सांसद डा युवराज खतिवडा, रामनारायण विडारी र विमला राई पौडेल । तस्वीर: रोशन सापकोटा÷ रासस[/caption]
कार्यकाल सकिने सांसदहरुमा नेकपाका नौजना रहेका छन् । डा. खतिवडा, कमलाकुमारी वली, कालीबहादुर मल्ल, खेमराज नेपाली, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर र हरिचरण सिवाकोटी छन् ।
त्यसैगरी कांग्रेसका दुर्गाप्रसाद उपाध्याय, बद्रीप्रसाद पाण्डे, सुरेन्द्रराज पाण्डे, धनकुमारी खतिवडा, मुक्ताकुमारी यादव, विन्दा आले र सरिता प्रसाइँको कार्यकाल पनि सकिएको छ ।
राजपाका रमेशप्रसाद यादव र वृषेशचन्द्र लालको कार्यकाल पनि मंगलबार नै सकिएको छ भने समाजवादी पार्टीका रामप्रित पासवानको कार्यकाल सकिएको छ । बुधबारदेखि राष्ट्रिय सभामा कांग्रेसका ६ जना मात्रै सांसद रहनेछन् । राजपाका दुई र समाजवादी पाएका एकजना सांसद रहनेछन् भने बाँकी नेकपाका रहनेछन् । ५९ सदस्यीय राष्ट्रिय सभा ९ जना मात्रै विपक्षमा रहेका राजनीतिक दलका सांसद रहनेछन् ।
प्रकाशित मिति: शनिबार, फागुन १७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय