विश्वभर आतंक मच्चाएको कोरोना भाइरसबाट देश र जनतालाई सुरक्षित राख्न सरकारले पर्याप्त सतर्कता अपनाउन नसकेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा आपत्ति प्रकट गरेको छ।
सोमबारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले चीनबाट उद्दार गरी ल्याइएका नेपालीहरुलाई निश्चित समयसम्म क्वारेन्टाइनमा राखेको भएपनि विश्व स्वास्थ्य संघले नेपाल पनि उच्च जाेखिममा रहेकाे भन्नेबारे सरकार कति सचेत छ भनी सरकारकाे ध्यानाकर्षण गराए।
उनले कोराना भाइरसको संक्रमण फैलिएका मुलुकबाट नेपाल आउने यात्रुको विषयमा सरकारले कुनै सावधानी नअपनाएको आरोप लगाए।
उनले संक्रमति मुलुकबाट पछिल्लो समय चीन, दक्षिण कोरिया, जापान, इरान, इटली लगायत विश्वका विभिन्न मुलुकाबाट पछिल्लो एक महिनामा मात्रै १ लाख ७६ हजार २ सय ७२ जना नेपाल भित्रिए पनि राज्यले उनीहरुलाई कुनै क्वारेन्टाइनमा नराखी सामान्य थर्मल स्क्यानिङका भरमा आउन दिएको भन्दै गम्भीर चिन्ता व्यक्त गरे।
उनले यसरी नेपाल आउने यात्रुको कुनै परिक्षणवीना यात्रुलाई आउँन दिँदा त्यसले भोलिका दिनमा यसको संक्रमणबाट नेपाल प्रभावित हुँदैन भन्ने कसरी विश्वास गर्ने भनि प्रश्न गरे।
साथै उनले सरकारले पूर्वाधार विकास करका नाममा पेट्रोलियम पदार्थमा भएको प्रति लिटर ५ रुपैयाँ कर बृद्धि गरेर संसदीय प्रणाली र जननिर्वाचित संस्थाको अपमान र अवमूल्यन गरेको आरोप लगाए।
प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय