हिमाल दैनिक
संसदलाई छलेर सरकारले पेट्रोलिय पदार्थमा शतप्रतिशत करबृद्धि गरेको विषयमा सदनमा जवाफ दिन सभामुख अग्निप्रसाद सापकोटाले सरकारको नाममा रुलिङ गरेका छन्। गत हप्ता मन्त्रिपरिषदले पेट्रोलियम पदार्थमा हालका पाँच रुपैयाँबाट बढाएर १० रुपैयाँ विकास कर बृद्धि गरेपछि समाजवादी पार्टी नेपालले आइतबार र सोमबारको प्रतिनिधि सभा बैठकमा विरोध जनाएको थियो। आइतबार जस्तै सोमबारको बैठकको सुरुमै समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरीले विशेष समय लिएर बोल्दै संसदीय लोकतन्त्रमा कर बृद्धि गर्ने अधिकार संसद बाहेक सरकारलाई नरहेको भन्दै सरकारले संसदलाई छलेर जनतामाथि करको भार थपेको भन्दै विरोध गरिन। पेट्रोलियम पदार्थमा एकातिर सरकारले शतप्रतिशत कर बृद्धि गर्ने अर्को तर्फ आयल निगम र राज्यले पनि बेग्लाबेग्लै शिर्षकमा कर र शुल्क लगाउँदा जनता महंगीको मारमा परेको भन्दै उनले ‘नो ट्क्सेशन उइदाउट रिप्रिजेन्टेशन’को मान्यतालाई सरकारले वेवास्ता गरेको आरोप पनि लगाइन्। आफूले आइतबारको बैठकमा पनि यहि विषय उठाउँदा सभामुखले सरकारको नाममा रुलिङ नगरेर सरकारलाई यति गम्भीर विषयमा जवाफदेही बनाउन नसकेको भन्दै यदि यहि अवस्थामा रहे आफूहरुले सदनको कारबाहीमा हस्तक्षेप गर्न बाध्य हुने चेतावनी दिइन्। त्यसपछि सभामुख सापकोटाले उक्त विषयमा सरकारको ध्यानाकर्षण गराए।
प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update