विकास तथा प्रविधि समितिले हनुमन्ते करिडोरमा देखिएको जग्गा विवादको विषयमा अदालतमा नजान सुझाएको छ । सोमबार बसेको समिति बैठकमा समिति सभापति कल्याणी खड्काले हनुमन्ते करिडोरमा देखिएको जग्गा विवादको विषय अदालतमा नजान सुझाव दिएकी हुन् ।
यो समस्या अदालतमा गएपछि निर्माण कार्यमा ढिलाई हुने भन्दै उनले एक आपसमा समन्वय गरेर समस्याको समाधान खोज्नुपर्नेमा जोड दिईन । ५४ रोपनी जग्गा हावाको भरमा व्यक्तिको नाममा भन्दा पनि त्यो कसरी गयो किन गयो भन्ने कुरामा छानविन हुनु पर्ने उनको धारणा छ । यसको बारेमा मन्त्रीहरुबीचमा पनि समन्वय नभएको बताउँदै उनले सबैको समन्वयमा यो समस्या समाधान गर्नु पर्ने उनले बताईन ।
https://youtu.be/eqg_PZqYMQU
सभापति खड्काले यो निर्माण कार्यसँग सम्बन्धि भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयसँग सँग यो विषयमा छलफल गरी समस्याको समाधान खोज्ने बताईन ।
यस्तै, शहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीले हनुमन्ते करिडोरको निर्माण कार्यमा धेरै समस्या देखा परेकोले यसप्रति मन्त्रालयको चासो बढेको बताए । हनुमन्ते करिडोर निर्माणमा समस्या देखा परेको छ । जग्गाकै विवादका कारण निर्माण कार्य समयमै सम्पन्न हुँदैन कि भन्ने चुनौती पनि थपिएको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय