हिमाल दैनिक
संसदका सार्वजनिक लेखा समितिले सार्वजनिक खरिद ऐन विपरित सरकारले संचार तथा सूचना प्रविधि मन्त्रालयमार्फत सोझै खरिद गर्न लागेको सेक्युरिटी प्रिन्टिङ्ग प्रेस खरिद प्रक्रिया तत्कालका लागि अघि नबढाउन निर्देशन दिएको छ। मन्त्रिपरिषदको निर्णयका आधारमा सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले पटक पटक जर्मनी र फान्समा गएर सेक्युरिटी प्रिन्टिङ्ग प्रेस खरिदको प्रक्रिया अघि बढाउँने क्रममा ठूलो आर्थिैक अनियमितता भएको उजुरी परेपछि बिहिबार बसेको समितिको बैठकले सरकारलाई खरिद प्रक्रिया अघि नबढाउन निर्देशन दिएको हो। समितिको बैठकमा सूचना तथा संचामर मन्त्रालयका सचिव र सुरक्षण मुद्रण विभागका कार्यकारी निर्देशन विकल पौडेल उपस्थित भएर जवाफ दिनेक्रममा गोलमटोल गर्दै जवाफ दिएपछि समितिका सदस्यहरु मन्त्रालयका पदाधिकारीसँग आक्रोशित भएका थिए। त्यसपछि समितिका सदस्यहरुले यसबारे उपसमिति बनाएर विस्तृत अध्ययन, अनुसन्धानको आवश्यकता भएको भन्दै निर्देशनको माग गरेपछि समितिका सभापति भरतकुमार शाहले सरकारलाई उक्त खरिद प्रक्रिया अघि नबढाउने निर्देशन दिए। यसअघि हिँजो साँझदेखि मन्त्री बाँस्कोटाले उक्त प्रेस खरिदको विषयमा स्वीस कम्पनीका नेपालस्थित प्रतिनिधिसँग ७० प्रतिशत कमिशन माग गरेको अडियो सार्वजनिक भएको थियो। जसले गर्दा उक्त विषयमा समितिमा रहेका सत्ता र प्रतिपक्षी दुबै दलका सदस्यहरुले गम्भीरताकासाथ अध्ययनको खाँचो रहेको औल्याए। https://youtu.be/CqC1mJjje9s
प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update