सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद प्रक्रियामा संलग्न व्यक्तिसँग कमिशन मागेको विषयप्रति गम्भीर आपत्ति जनाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभा बैठक अबरुद्ध पारेको छ।
मन्त्री बास्कोटाले स्वीस कम्पनीको नेपालस्ति प्रतिनिधिसँग ७० प्रतिशत कमिशन माग्दै गरेका अडियो सार्वजनिक भएलगत्तै बिहिबार बसेको राष्ट्रिय सभा बैठकमा कांग्रेस उभिएर विरोध जनायो।
त्यसपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कांग्रेस सांसद जितेन्द्रनारायण देवलाई बोल्न समय दिए।
https://youtu.be/XdJNVATF54U
सदनमा उक्त घटनाबारे गम्भीर आपत्ति प्रकट गर्दै उक्त घटनामा तीनवटा माग आफ्नो दलको तर्फबाट राखे।
देवले प्रधानमन्त्री यदि भ्रष्टाचार शून्य संस्कृतिको पक्षधर हो भने अबिलम्ब सूचना तथा संचारमन्त्री बाँस्कोटालाई बर्खास्त गर्न, दोस्रो उक्त घटनाको विषयमा यथार्थ छानविन गरी सत्यतथ्य बाहिर ल्याएर दोषीमाथि कारबाही र यसबारे सरकारको तर्फबाट प्रधानमन्त्रीले जवाफ दिनु पर्ने माग गर्र्दै त्यतिबेलासम्म सदन चल्न नसक्ने बताए।
अध्यक्षले पटक पटक बस्न आग्रह गर्दा पनि विपक्षी दलका सांसद उभिएर विरोध जनाएपछि अध्यक्षले सदन अवरोध रहेका भन्दै सदन सूचारु गर्न कठिनाई भएको भन्दै फागुन १५ गतेसम्मका लागि बैठक स्थगित गरे।
https://youtu.be/CqC1mJjje9s
प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय