हिमाल दैनिक
सभामुख सापकोटाले यसरी खुलाए पूर्व सभामुख महराको सदन प्रवेशको बाटो
mahara-sapkota
जबरजस्ती करणी तथा यौन दुव्र्यवयहारको आरोप पुष्टि नभएपछि जिल्ला अदालत काठमाडौंबाट सफाई पाएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता एवं पूर्व सभामुख कृष्णबहादुर महरालाई संसदमा फर्किने बाटो खुला भएको छ। गत असोज १२ गते संसद सचिवालयमा कार्यरत महिला कर्मचारीको डेरामा पुगी यौन दुव्र्यवहार गरेको आरोपमा असोज १९ गते प्रहरी हिरासत र थुनामा रहेका पूर्व सभामुख महराविरुद्धको अभियोग पुष्टि नभएपछि सोमबार जिल्ला अदालत काठमाडौंले सफाइ दिएसँगै उनी थुनामुक्त भएका थिए। अदालतले दिएको फैसलाको जानकारी संसद सचिवालयमा दर्ता भएलगत्तै मंगलबार प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अदालतबाट प्राप्त पत्र पढेर सुनाए। https://youtu.be/aGfAsvyUMjM सभामुख सापकोटाले महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरको असोज १९ गतेको पत्रबाट जबरजस्ती करणी उद्योग मुद्दाको अनुसन्धानको शिलशिलामा काठमाडौं जिल्ला अदालतको अनुमतिबाट कारागार कार्यालय डिल्लीबजार थुनामा रहेका प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतको सोमबारको फैसलाले अभियोग माग दाबीबाट सफाइ पाउने ठहर गरी थुनामुक्त भएको जानकारी गराएसँगै महरालाई संसद र संसदीय गतिविधिमा क्रियाशील हुने बाटो खुला भएको छ।
प्रकाशित मिति: शनिबार, फागुन ३, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update