नेपाली कांग्रेसका सांसद अतहरकमाल मुसलमानले विभिन्न धर्ममा आस्था राख्ने जनताको मत लिएर आएका जनप्रतिनिधिहरुले कुनै पनि धर्म सम्प्रदायको विषयमा अनावश्यक विवाद र बहस सदनभित्र नगर्न आग्रह गरे।
प्रतिनिधि सभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै सांसद मुसलमानले सदनभित्र धर्म र संस्कृतिको विषयमा अनावश्यक बहस उत्पन्न हुनेगरी अभिव्यक्ति नदिने स्थिति निर्माणका लागि सभामुखले विशेष पहल लिनु पर्नेमा जोड दिए।
https://youtu.be/zWjQ_yyALjw
केही दिनअघि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद यशोदा सुवेदी गुरुङले छाउप्रथाको अन्त्यका लागि स्वास्थानी व्रतकथा र ऋषि पञ्चमी व्रतकथाका पानाहरु च्यात्न पर्ने भनि दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै सांसद मुसलमानले त्यसप्रति आपत्ति जनाए।
उनले भने, ‘हिन्दू धर्मावलम्बीहरुको बाहुल्यता भएको हाम्रो देशमा यदि श्रीस्वस्थानी माताको गाथाहरुको किताब च्यातिने र ऋषि पञ्चमीको महत्वपूर्ण व्रतकोबारेमा विवाद खडा हुन्छ भने अर्को धर्माबलम्बीहरुले त्यसकबा बारे कुरा उठाउनु जायज हुन्छ। हिन्दुलाई परेको पीडामा मुल्मिलले रुनु र मुस्लिमलाई परेका पीडामा हिन्दुहरु अगाडि आउनु यहि नै नेपाली समाजको धर्म र संस्कृति हो र राष्ट्रको एउटा संमृद्धि हो।’
प्रकाशित मिति: शनिबार, फागुन ३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय