नेपाली कांग्रेसका नेता गगनकुमार थापाले बालुवाटारस्थित ललिता निवास प्रकरण लगायत सरकारको गतिविधिलाई व्यंग्य गर्न स्वास्थानी कथामा नयाँ अध्याय थप्दै संसदमा पाठ गरेका छन्।
मंगलबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै थापाले स्वास्थानी कथाको पाठ गर्ने शैलीमा सत्तारुढ दलका महासचिव विष्णु पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको उन्मुक्तिबारे चोटिलो प्रहार गरे।
https://youtu.be/KXWwfSn7XBo
उनले एक मिनेटमा बोल्दै भने, ‘कुमारजी आज्ञा गर्नुहुन्छ, हे विष्णुमणी अब उप्रान्त कसैको चोरीको सामान किन्दा सकेसम्म लोकलाई थाहा नहुने गरी किन्नु। थाहा पाइहाले होइन होइन भन्नु। चित्त बुझाउन नसकेर अप्ठ्यारोमै पर्न गए हत्तपत्त चोरकिो सामान फर्काउनु र दुई पटक विष्णु विष्णु भन्नु। त्यसमा पनि लोकले चित्त बुझाएनन् भने गोकुलधाममा गएर खड्ग उचाल्नु र चार पटक विष्णु विष्णु भन्नु। त्यसको प्रभावले तिम्रो हाम्रो अनुहारमा लागेको दाग लोकले देखेपनि देख्नु पर्नेले देख्ने छैनन्। इतिश्री अख्तियार पुराँणे कुमार विष्णु सम्वादे श्री स्वस्थानी व्रत कथाय, बालुवाटार प्रकरण वर्णनम् प्रथम अध्याय, धन्यवाद।’
प्रकाशित मिति: शनिबार, फागुन ३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय