हिमाल दैनिक
असार मसान्तसम्म मेलम्ची खानेपानी भित्राउन चूनौति देखिएको दिगो विकास समितिको निष्कर्ष
melamchi pani
राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले असार मसान्तसम्म मेलम्ची खानेपानी भित्राउन चूनौति देखिएको निष्कर्ष निकालेको छ । समिति सभापति तारादेवी भट्ट सहितको टोलीले आइतबार सुन्दरीजलस्थीत मेलम्ची आयोजनाको स्थलगत निरिक्षण गर्दै असार मसान्तसम्म मेलम्ची खानेपानी भित्राउन चूनौति देखिएको र यस बिषयमा सरकारलाई जानकारी गराउने जनाएको हो । समितिका सभापति तारादेवी भट्टले आयोजनाको स्थलगत अवलोकनपछि अव पानी वितरणमा हुन सक्ने समस्या र सुधारबारे पनि सम्बन्धित निकायसंग छलफल गरिने बताईन । निरिक्षणका क्रममा समितिले मेलम्ची आयोजनाको अहिलेस्म्मको प्रगतिका बारेमा पनि जानकारी लिएको थियो । गत बिहिबार मात्र मेलम्चीको पानी आगामी असारसम्म सुन्दरीजल ल्याउने श्वेतपत्र खानेपानी मन्त्रालयले सार्वजनिक गरेको थियो । https://www.facebook.com/himaldainik/videos/153190585643409/
प्रकाशित मिति: बिहीबार, फागुन १, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update