हिमाल दैनिक
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको पहिलो वर्षमा आधार निर्माण गरी अहिले उपलब्धिको वर्षका रूपमा अघि बढेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सरकारले दुईवर्षे कार्यकालमा गरेका कामको प्रगतिबारे जानकारी दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले तीव्र आर्थिक विकास हासिल गरेका १० मुुलुकभित्र नेपाल परेको बताए । “मुलुकले तीव्ररूपमा विकास गरिरहको छ”, प्रधानमन्त्री ओलीले भने, “देश तीव्र आर्थिक विकास हासिल गरेका १० मुलुकभित्र परेको छ, लगातार तीन ६.५ आथिक वृद्धिदर छ, कूल आम्दानी १८ प्रतिशतभन्दा माथि छ ।” प्रधानमन्त्री ओलीले गरीबी निवारण १.५ प्रतिशतले घटेको जानकारी दिँदै अहिले १६.५ प्र्रतिशत गरीबीमा झरेको बताए । उनले प्रदेशको आर्थिक विकास समान खालको भएको जानकारी गराए । “सामाजिक सुरक्षा कार्यक्रम गरीबी घटाउन सहयोग पुगेको छ”, प्रधानमन्त्री ओलीले भने, “समग्रमा आर्थिक विकास नै बढेको छ, श्रम बजारमा प्रवेश गरेकाले रोजगार पाएको अवस्था छ ।” उनले श्रम बजारमा नयाँ रोजगारीमा आएका बेरोजगार हुुनुपर्ने अवस्था नआएको स्पष्ट पारे ।
दुई वर्ष कार्यकाल पूरा गरेको उपलक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा सरकारका उपलब्धी बारे जानकारी दिएको पुरा भिडियो हेर्नुहोस:
https://www.youtube.com/watch?v=j2_kYC6n6UA&feature=share&fbclid=IwAR3aR0_WJUvO8rWYTimCqd5kJULgDGJyubU6YvvdTT4Kx3vqI-o_YL_Ehq8 श्रम बजारमा थपिएका अधिकांशलाई रोजगारीमा सम्बोधन भए पनि केही सीप र दक्षताको कमी, जीवनोपयोगी शिक्षा बन्न नसकेको हुँदा केही जटिलता भएको बताए । प्रधानमन्त्री ओलीले बलियो जगमा उभिएको सरकारले अल्पकालीन र दीर्घकालीन विकास आरोहण वर्षका रुपमा यो वर्षलाई लिएर ७६१ वटा सरकार सञ्चालन भइरहेको बताए । सबै सरकारका लागि कर्मचारी प्रवद्र्धन र जनताको आकाङ्क्षा रहेको तीव्र विकास सङ्घीयता कार्यान्वयन भइसकेको नयाँ प्रणालीसँगै आएको चुनौतीसँगै काममा प्रष्टता आएको जानकारी गराउँदै कानूनहरु निर्माण भएर मौलिक हक कार्यान्वयनमा सुनाए। हरेक नागरिकको शिक्षा र स्वास्थ्यमा पहुँच पु¥याउन सरकार लागिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, “कम्युनिष्टको सरकार बन्यो भनेर हाँस्न त के रुन पनि पाइँदैन भन्ने गत वर्ष हल्ला चलेको थियो तर वास्तविकता त्यस्तो थिएन, लोकतन्त्र सङ्कटमा परेको अधिनायकवाद आउन लागेको कुरा होइन । ” नेपालको संविधान जारी गरेर नयाँ व्यवस्थाका साथ सरकार अघि बढिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले तीन दशकअघिको जस्तो निधेष गर्नुपर्ने शासन प्रणाली अहिलेको शासन प्रणाली नभएको स्पष्ट पारे । “लोकतन्त्रका लागि आन्दोलन गर्नु र लोकतन्त्रमा आन्दोलन गर्नु फरक कुरा हो, हामीले आन्दोलनमा भेद छुट्याउन सक्नुपर्छ”, प्रधानमन्त्री ओलीले भने । राजनीतिक आन्दोलन सकिएको हुनाले राष्ट्रिय आकाङ्क्षाका पूरा गर्न सरकारले ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभिभारा अघि बढिरहेको छ । प्रधानमन्त्रीको सम्बोधन जारी छ ।
प्रकाशित मिति: बुधबार, माघ २९, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update