सरकारको नेतृत्व लिएको दुई वर्ष पूरा गरेको उपलक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्ने भएका छन्।
शुक्रबारका लागि तय गरिएको सम्बोधन विशेष कारणवस प्रभावित भएपछि प्रधानमन्त्रीको सम्बोधनका लागि आज शनिबार पनि सभामुख अग्निप्रसाद सापकोटाले बैठक राखेका थिए।
आज बिहान ११ बजेका लागि डाकिएको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारले विगत दुई वर्षको अवधिमा गरेका कामकारबाहीको विषयमा सदनमार्फत देशवासीलाई जानकारी दिँदैछन्।
नेपालको इतिहासमा कम्युनिष्ट पार्टीको नेतृत्वमा गठन भएको सरकारले दुई वर्षको कार्यकाल पूरा गरेको यो नै पहिलो सरकार हो। यसअघि अधिकांश कम्युनिष्ट नेतृत्वका सरकार ९ महिना पूरा नहुँदै धरापमा पर्र्दैआएका थिए।
https://www.facebook.com/himaldainik/videos/487159272199715/
प्रकाशित मिति: बुधबार, माघ २९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय