संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले चीनबाट ल्याइएका नेपाली नागरिकलाई यथासक्य छिटो नेपाल ल्याउन सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले नोबेल कोरोना भाइरसको संक्रमण चीनबाट सुरु भएपछि विश्वभर महामारीका रुपमा फैलिन थालेको भन्दै छिटो भन्दा छिटो चीनबाट नेपाली नागरीकलाई स्वदेश ल्याउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको हो ।
बैठकले नेपालमा कोरोना भाइरसबाट संक्रमित हुने संभावित खतरालाई समेत मध्यनजर गरि रोगको रोकथाम गर्न पनि मन्त्रालयलाई निर्देशन दिइएको समिति सभापति जयपुरी घर्तिले जानकारी दिईन ।
बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव खगराज बरालले चीनको हुवान शहरमा भएका नेपालीलाई स्वदेश फर्काउनका लागि आवश्यक सबै तयारी पूरा भएको बताए । उनले अवको एक साताभित्र नेपालीलाई स्वदेश ल्याउने तयारी भएको जिकिर गरे ।
चीनबाट पहिलो चरण १ सय ८५ जना विद्यार्थीलाई स्वदेश ल्याउने तयारी भैरहेको समेत उनले बताए । चीनबाट स्वदेश ल्याइएकाहरुलाई राख्नका लागि भक्तपुरस्थित खरिपाटीमा १ सय ९९ वटा ‘क्यारेन्टाइन’ कोठाको व्यवस्थापन गरिएको सरकारले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, माघ २५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय