हिमाल दैनिक
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले गरेको काम कारबाही प्रभावकारी नभएको आरोप लगाएका छन् । सोमबार बसेको राष्ट्रियसभा बैठकमा राष्ट्रियसभा सदस्य सुरेन्द्रराज पाण्डेले सरकारको गतिविधिबारे प्रश्न उठाउदै सरकारको काम कारबाही प्रभावकारी नभएको आरोप लगाएका हुन् । उनले बहुमतले ल्याएको विधेयक संविधानको भावना र मर्मविपरीत भएको जिकिर गरे । सूचना र प्रविधि विधेयक, राष्ट्रिय सूचना आयोगको विधेयक लगायतको विधेयक संविधानको मर्मविपरीत भएको उनले बताए । उनले भ्रष्टाचार नियन्त्रणा गर्ने सरकारको जिम्मेवारी भए पनि त्यसमा सरकार चुकेको, वाइडबाडी, ३३ किलो सुनकाण्डलगायत विषयमा सरकार लाचार भएको आरोप लगाए । उनले संवैधानिक निकायहरुलाई स्वतन्त्र रुपमा काम गर्न सरकारले नदिएको उल्लेख गरे । बैठकमा राष्टियसभा सदस्य दिलानाथ शर्माले नेपालमा संघीय गणतन्त्र र क्यानडा संवैधानिक राजतन्त्रअनुसार प्रजातन्त्र भएकाले नेपाल र क्यानाडाको सम्बन्ध अझै अगाडि बढाउनुपर्नेमा जोड दिए । उनले संसदमा सवै क्षेत्र बर्ग जातीको सहभागीता रहेको बताए । त्यस्तै राष्टियसभा सदस्य रमेशप्रसाद यादवले पहिलो संविधानसभाबाट संविधान नबनेको दोस्रोबाट संविधान निर्माण भएकाले पनि जनताको अपेक्षा पूरा गर्न नसकेको बताए । बैठककोनेपाल भ्रमणका लागि आएको क्यानाडाको माथिल्लो सदन (सिनेट)का सभामुख जर्ज जे फ्युरीले अवलोकन गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, माघ २४, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update