हिमाल दैनिक
संसदमा तेस्राे दिन पनि कांग्रेसकाे अबराेध जारी, सभामखुले बोल्नै दिएनन्
pratinidhi-sabha-abharudh-himaldainik
नेपाली कांग्रेसले प्रतिनिधि सभाको तेस्रो दिनको बैठक पनि अबरोध गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा सत्तापक्षका नेता लगायतका कतिपय जिम्मेवार पदाधिकारीलाई छुट दिएर कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलार्ई राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा चलाएको भन्दै त्यसको विरोधमा यसअघि दुई बैठक अवरोध गरेको थियो। आइतबार पूर्वनिर्धाििरत समयभन्दा ५० मिनेट ढिलो गरी सुरु भएको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्र्नासाथ विपक्षी दल कांग्रेसका सांसद उभिएर विरोध जनाए। https://youtu.be/If3kcGoqOow यसअघिका बैठकमा सभामुख सापकोटाले विपक्षी दलका सदस्यलाई बोल्न समय दिएपछि अवरोध भएको सदन स्थगित गरेपनि आजको बैठकमा भने उनले विपक्षी दलका सांसदलाई बोल्न समय दिएनन्। सभामुखले बोल्न समय दिएको भए कांग्रेसले आफ्ना सांसद दिलेन्द्रप्रासद बडुलाई बोल्न लगाएपछि सदन अवरोध जारी राख्ने तयारी गरेको थियो। तर, सभामुख सापकोटाले यसअघिका दुई बैठक अवरोध भइसकेको बताउँदै जनताका प्रतिनिधिहरुले जनताका जल्दाबल्दा समस्याबारे सदनमा छलफलको वातावरण बनाइदिन पटक पटक आग्रह गरे। त्यसका बाबजूद कांग्रेस नेता बडुले उभिएर माइक लिँदै बोल्ने क्रम जारी राखेपनि सभामुख सापकोटाले उनलाई बोल्न समय नदिएको भन्दै बस्न आग्रह गरे। साथै उनले अख्तियारको विषय अदालतमा गइसकेको भन्दै संविधान र कानून तथा संसदीय नियमावली बमोजिम यसबारे सदनले बहस गर्न नसक्ने बताउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति बुझेर पनि बस्न र सदनको कारबाही सुचारु गराइदिन पटक पटक विपक्षी दललाई आग्रह गरे। त्यसका बाबजूद पनि विपक्षी दलका सांसदहरु उभिएर बोल्न समय माग गरेपछि सभामुख सापकोटाले विपक्षी दलको अवरोधकाबीचमा सदनको कारबाही अगाडि बढाउन उपयुक्त नभएको भन्दै मंगलबारसम्मका लागि बैठक स्थगित गरे।
प्रकाशित मिति: बिहीबार, माघ २३, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update