प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा प्रकरणमा पार्टीका उपसभापति विजय कुमार गच्छदारविरुद्ध अख्तियारले राजनीतिक पुर्वाग्रह साधेको भन्दै बिरोधमा उत्रन निर्देशन दिएको छ ।
सिंहदरबारमा शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले गच्छदारविरुद्ध अख्तियारले भ्रष्टाचारविरुद्ध मुद्दा दायर हुनु राजनीतिक प्रतिशोधको कदम भएको भन्दै विरोधमा उत्रन निर्देशन दिएको हो । बैठकले प्रतिनिधिसभाको बैठकमा अवरोध कायमै गर्ने निर्णय पनि गरेको छ ।
संसदीय दलको बैठकमा सभापति शेरबहादुर देउवाले कांग्रेसका नेतालाई छानीछानी मुद्दा लगाउने अख्तियारको कदम प्रतिशोधपूर्ण भएको बताए । उनले कांग्रेसका नेताहरुलाई छानीछानी मुद्दा लगाउने अख्यितारको प्रतिशोधपूर्ण कदम भएको बताउनुभएको कांग्रेस संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।
https://www.facebook.com/himaldainik/videos/481059945920716/
बैठकमा भ्रष्टाचार मुद्दा लागेका उपसभापति विजयकुमार गच्छदारले अख्तियारलाई ओली आयोग बनाइएको बताएका थिए । मुख्य सचेतक खाँणले राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएर फरक पार्टी र विचारको आधारमा अख्तियारजस्तो स्वतन्त्र संवैधानिक आयोगलाई सरकारले आफ्नो निर्देशनमा चलाउन खोजेको भन्दै त्यसको विरोधमा गरेको बताए ।
कांग्रेसले सदन अवरोधमा साथ दिन राजपा र समाजवादी पार्टीलाई पनि औपचारिक अनौपचारिक रुपमा आग्रह गरेको छ ।
प्रकाशित मिति: मंगलबार, माघ २१, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय