ललिता निवास जग्गा प्रकरणमा प्रतिशोधपूर्ण कदम चालियो भन्दै त्यसको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिहिबारको प्रतिनिधि सभा बैठक अबरोध गरेको छ।
बिहीबारको बैठकमा कांग्रेस सचेतक पुष्पा भुसालले सरकारी योजना मुताविक अख्तियारले प्रतिशोधपूर्ण कदम चालेको आरोप लगाउँदै यसको विरोधमा आजको सदन चल्न नसक्ने घोषणा गर्दै कांग्रेस सदस्यहरु उभिए।
त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले संसदको कारबाही विशेष कारणबस ढिला भएको बताउँदै भसालले व्यक्त गरेका विचारले सम्बन्धित पक्षको ध्यानाकर्षण भएको बताउँदै बस्न आग्रह गरे।
पटक पटकको आग्रहका बाबजूद विपक्षी दलका सदस्यहरु उभिएपछि सभामुख सापकोटाले अवरोधकाबीचमा सदन चलाउन बाञ्छनिय नभएको भन्दै शुक्रबार १ बजेसम्मका लागि बैठक स्थगित गरे।
प्रकाशित मिति: सोमबार, माघ २०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय