राष्ट्रियसभाको आजको बैठकले पूर्वसांसद श्रीराम श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले २०४८ सालमा नेपाली काँग्रेसका तर्फबाट राष्ट्रियसभामा निर्वाचित श्रेष्ठको निधनमा प्रस्तुत गरेको शोक प्रस्ताव बैठकले पारित गरेको हो ।
प्रजातन्त्र एवं लोकतन्त्र स्थापनाका हरेक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका तथा सादा र सरल जीवन पद्धतिमा विश्वास गर्ने नेता श्रेष्ठको ८० वर्षका उमेरमा सोमबार निधन भएको थियो । उनि नेपाली काँग्रेस काठमाडाँै जिल्लाका कोषाध्यक्ष थिए ।
ललितपुरस्थित निदान अस्पतालमा उपचारका क्रममा नेता श्रेष्ठको निधन भएको थियो । उनको निधनमा सदनको आजको बैठकले शोक प्रकट गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेको छ । राष्ट्रियसभाको अर्को बैठक यही माघ २३ गते अपराह्न १ बजे बस्नेछ ।
प्रकाशित मिति: आइतबार, माघ १९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय