हिमाल दैनिक
नेकपा सांसद महतलाई एक रात छाउगोठमा बसेर देखाउन सांसद निरुदेवी पालकाे चुनौति
Nirudevi-Pal-himaldainik
सुदूरपश्चिमका गाउँहरुमा पछिल्लो समय चलेको छाउगोठ भत्काउने अभियानबारे सत्तापक्षकै सांसदहरुबीच दोहोरी चल्न थालेको छ। मंगलबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सांसद निरुदेवी पालले यसअघिको बैठकमा आफ्नै दलका सांसद गजेन्द्रबहादुर महतले गरेको विरोधप्रति रोष प्रकट गरिन्। आजको आधुनिक युगमा पनि नेपाली महिलाहरु महिनाको चार दिन सानो कटेरामा बास बसेर ज्यान आहुती दिनु पर्ने अवस्थाको अन्त्यका लागि गृह र महिला मन्त्रालयले छाउगोठ भत्काएर सह्रानिय कार्य गरेको उनले दाबी गरिन्। हिँजोको तथ्यांका अनुसार, १२ जिल्लामा ८ हजार ७ सय घरहरु भत्काएकोमा यसको प्रसंशा गर्दै उनले भनिन्, ‘डलरको खेती गर्नेहरुको टाउको दुःखाई हुनु स्वाभिाविक हो किन कि त्यी घरहरु देखाएर आय स्रोत बटुल्लो उहाहरुकेो प्रयास थियो तर, अरुको टाउको दुखाइ हुनु पर्ने कारण मैले बुझिन।’ सांसद महतप्रति लक्षित गर्दै उनले थप्दै भनिन्, ‘त्यस्तो टाउको दुःखाई हुनु पर्ने दाजुभाइहरु हुनुहुन्छ भने कम्तिमा पनि एक दिन पनि त्यो कटेरामा बसेर देखाइदिन हार्दिक अनुरोध गर्न चाहन्छु। सुदुरपश्चिम र कणालीले टाउको उठाइरहेका बेला किन यो विषय आएको हो? गम्भीर ध्यानाकर्षण गर्न चाहन्छु।’ सांसद पालले आफ्नो अभिव्यक्तिप्रति लक्षित गर्दै छाउगोठमा बसेर देखाउन दिएको चुनौति सुनिरहेका सांसद महत भने पछिल्लो रोमा बसेर हाँसीरहेका थिए।
प्रकाशित मिति: शनिबार, माघ १८, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update