हिमाल दैनिक
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता भीम रावलले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को बिषयलाई केहि व्यक्तिहरुले प्रतिष्ठाको बिषय बनाएको टिप्पणी गरेका छन् । सिंहदरबारमा आइतबार बसेको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा उनले एमसीसी इन्डो प्यासेफिककै अंग भएको भएपनि केहि व्यक्तिहरुले यसलाई प्रतिष्ठानको बिषय बनाएको टिप्पणी गरेका हुन् । सांसद रावलले इन्डो प्यासिफिक स्ट्राटेजी रिपोर्ट र त्यसपछिका श्रृंखलाहरु अध्ययन गरेर बोल्न सुझाव दिए । सांसद रावलले एमसीसीबारे संसदीय समितिहरुमा पनि अध्ययन र छलफल हुनुपर्ने बताए। https://www.facebook.com/himaldainik/videos/2824533667605736/?t=2 बैठकमा नेकपाकै सांसद सुदन किरातीले (एमसीसी) का बारेमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाको अभिव्यक्तिमा आपत्ति जनाउँदै राजीनामा माग गरे। https://www.facebook.com/himaldainik/videos/494138431276584/?t=0 संसदबाट जसरीपनि एमसीसी पारित गरााउने बास्कोटाको अभिव्यक्ति आत्मसमर्पणवादी भन्दै सांसद किरातीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने तर्क गरे । यसअघि प्रवक्ता बास्कोटाले एमसीसीका बारेमा धेरै भ्रम फैलाइएको भन्दै संसदबाट पारित हुने बताएका थिए ।
प्रकाशित मिति: बिहीबार, माघ १६, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update