प्रतिनिधि सभाको नयाँ सभामुखमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित भएका छन्।
नेकपाका उपनेता सुवासचन्द्र नेम्वाङको प्रस्तावमाथि प्रतिनिधि सभामा रहेका कुनै सदस्यको विरोध नरहेपछि बैठकको अध्यक्षता गरिरहेका जेष्ठ सदस्य महन्थ ठाकुरले सभामुख पदमा सापकोटा निर्विरोध निर्वाचित भएको घोषणा गरे।
यसअघि प्रमुख प्रतिपक्षी दलका नेता मीनेन्द्रप्रसाद रिजालले आफ्नो पार्टी शान्ति प्रक्रियाका बाँकी कार्यदेखि संविधानको कार्यान्वयन गर्ने दिशामा प्रतिबद्ध रहेको बताउँदै सापकोटाको विषयमा बाहिर आएका विषयहरु उनको कार्यशैलीले जवाफ दिने बताए।
रिजालले आफ्नो दलको रिजर्भेशनसहितको समर्थन र कार्यकालको सफलताको कामना गरेपछि सभामुख पदमा ठाकुरले सापकोटा निर्वाचित भएको घोषणा गरे।
साथै ठाकुरले सापकोटाको आगामी कार्यकाल सफल रहोस् भन्ने शुभकामना समेत दिए।
प्रकाशित मिति: बिहीबार, माघ ९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय