हिमाल दैनिक
एमसीसी बारे परराष्ट्रमन्त्री ज्ञवाली र राष्ट्रियसभा नेकपा संसदिय दलबीच छलफल
nekapa samsadiye dal rashtriye sabha
नेकपाको राष्ट्रिय सभा संसदीय दलको बैठकले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा जानकारी लिएको छ । सोमबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा सांसदहरुले एमसीसीका विषयमा देखिएका विवाद सम्बन्धमा मन्त्री ज्ञवालीसँग छलफल गरेका हुन् । राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले दलभित्र एमसीसीका विषयमा एउटै मत बनोस् भन्ने उद्देश्यले छलफल गरिएको जानकारी दिए। एमसीसीको बारेमा परराष्ट्र मन्त्रीसँग स्पष्ट हुन चाहेको र एउटै मत बनोस् भन्ने हिसाबले प्रस्तुत भएको उनले बताए । सरकारले गरेको अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सहायता सम्बन्धी सम्झौता पछिल्लो समय विवादित बनेको छ। इन्डोप्यासिफिक रणनीति भित्र एमसीसी रहेको भन्दै नेकपाभित्रै विवाद बढेको छ।
प्रकाशित मिति: शुक्रबार, माघ ३, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update