राष्ट्रियसभाको आजको बैठकमा दुई प्रतिवेदन पेश गरिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले ‘राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन, २०७५÷७६’लाई सभासमक्ष पेश गरेका थिए ।
यसैगरी विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले ‘सङ्घ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७५’ सम्बन्धी समितिको प्रतिवेदन सभासमक्ष पेश गरेका थिए। मन्त्री नेम्वाङले रेल्वे विधेयक २०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव गरे।
गृहमन्त्री रामबहादुर थापाले प्रस्तुत गरेको ‘अन्तरदेशीय सङ्गठित अपराध विरुद्धको महासन्धिअन्तर्गतको पालेर्माे अभिसन्धि स्वीकृत गरियोस्’ भन्ने प्रस्तावलाई बैठकमा सर्वसम्मतिले स्वीकृत गरिएको थियो ।
प्रकाशित मिति: बिहीबार, माघ २, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय