राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कर्णालीमा नेकपा र नेपाली काँग्रेसका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । दुवै पार्टीका चार जना उम्मेदवारले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि वीरेन्द्रनगरमा मनोनयन दर्ता गरेका हुन् । नेपाली काँग्रेसका तर्फबाट डिल्लीराज पाठक र गणेशकुमारी बस्नेतले उम्मेदवारी दिएका छन्।
डिल्लीराज पाठकको प्रस्तावकमा प्रदेश सभा सदस्य यज्ञबहादुर विसी तथा सर्मथकमा गुर्भाकोट नगरपालिकाका मेयर हस्त बहादुर पुन छन् । यस्तै अर्का उम्मेदवार गणेश कुमारी बस्नेतको सर्मथकमा पञ्चपुरी नगरपालिकाका मेयर उपेन्द्र थापा र प्रस्तावकमा बराहताल गाउँपालिकाका उपाध्यक्ष शोभाकुमारी शर्मा छन् । काँग्रेसका उमेद्वार डिल्लीराम पाठकले सरकारको अराजक्ता विरुद्ध आफ्नो उमेद्वारी रहेको बताएका छन्।
https://www.facebook.com/himaldainik/videos/589180058315617/
यस्तै नेकपाका उम्मेद्वार मायाप्रसाद शर्मा र सुमित्रा विसीले पनि उम्मेदवारी दर्ता गराएका छन् । सुमित्रा विसीको सर्मथकमा वीरेन्द्रनगर नगरपालिकाका उप–प्रमुख मोहनमाया ढकाल र प्रस्तावकमा प्रदेश सभा सदस्य देवि ओली छन् ।
यस्तै, अर्का उम्मेदवार शर्माको सर्मथकमा प्रदेश सभा सदस्य ठम्मर विष्ट र प्रस्तावकमा प्रदेश सभा सदस्य करबिर शाही छन् । नेकपाका उमेद्वार मायाप्रसाद शर्माले आफु निर्वाचित भएपछि कर्णालीको विकासका आवाज उठाउने बताएका छन्।
कर्णालीमा प्रदेश सभाका ४० सांसद र ७९ पालिकाका प्रमुख÷उप–प्रमुख तथा अध्यक्ष÷उपाध्यक्ष १५८ गरी १९८ जनाले मतदाता रहेका छन् ।
प्रकाशित मिति: बिहीबार, पुस १७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय