हिमाल दैनिक
प्रतिनिधिसभाको बैठक बुधबार अपराह्न १ बजेका लागि निर्धारित बैठक सूचना टाँस गरी स्थगन भएको छ । सङ्घीय संसद् सचिवालयद्वारा आज प्रकाशित लिखित सूचनामा बुधबारका लागि पूर्वनिर्धारित बैठक विशेष कारणवश बस्न नसक्ने उल्लेख गरिएकोे छ । सत्तारूढ दल नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' बीच कुरा नमिलेपछि बैठक थप १२ दिन पछि लागिएको छ। सभामुख चयनलगायत विषय दलहरुबीच व्यवस्थापन गर्नुपरेकाले बैठक स्थगन भएको बुझिएको छ । प्रतिनिधिसभाको अर्को बैठक यही पुस २७ गते अपराह्न १ बजे बस्ने जनाइएको छ ।
प्रकाशित मिति: शनिबार, पुस १२, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update