प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बहुमतले पारित गरेको छ। सिंहदरबारमा आइतबार बसेको समिति बैठकले कांग्रेसको फरक मतका बाबजुत विधेयक बहुमतले पारित गरेको हो ।
समिति सभापति कल्याणीकुमारी खड्काले विधेयक बहुमतले पारित भएको र कांग्रेसले राखेको फरक मत बहुमतले अस्वीकार गरेको घोषणा गरिन् । बहुमतले बिधेयक पारित भएपछि केहि सांसदहरुले विरोध गरेपछि सभापति खड्काले नियमावलीमा भएको प्रावधान नै पढेर सुनाएकी थिइन्।
बैठकमा सञ्चार ताथ सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालेनेपालमा प्रयोगकर्ता बढेकाले र ती सञ्जालमार्फत व्यवसायिक कारोबार बढ्दै गएकाले करको दायरामा ल्याउन दर्ता गर्नुपर्ने व्यवस्था राखिएको बताए ।
उक्त प्रावधानको काग्रेसले विरोध गर्दै आएको थियो । कांग्रेस सांसद बहादुरसिंह लामाले उक्त विधेयक जस्ताको तस्तै पारित भएमा जनताको अभिव्यक्ति स्वतन्त्रता हनन हुने, संविधानले ग्यारेन्टी गरेका मौलिक हकअधिकार कुण्ठित हुने र स्वतन्त्र पत्रकारितामाथि अंकुश लाग्ने भएकोले आफ्नो पार्टीले विरोध गरेको बताए ।
सामाजिक सञ्जाल फेसबुक, गुगल लगायत कार्यालय नेपालमा दर्ता गर्नुपर्ने विधेयकमा व्यवस्था छ ।
प्रकाशित मिति: बिहीबार, पुस १०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय