हिमाल दैनिक
राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता सुरेन्द्र पाण्डेले सरकारले सबै प्रमुख राजनीतिक दल तथा जनताको साथ र समर्थन पाउँदा पनि नेपालको अतिक्रमित भूभाग रक्षा गर्न नसकेको आरोप लगाए। संघीय संसदको शुक्रबारदेखि सुरु भएको पाँचौ अधिवेशनको पहिलो दिन बोल्दै उनले हालै भारतले नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक आफ्नोे राजनीतिक नक्सामा पार्दा सिंगो देशको साथ पाउँदा पनि सरकारले कुटनीतिक पहल गरी नेपाली भूभाग रक्षा गर्न खुट्टा कमाएको आरोप पनि लगाए। सरकारका तर्फबाट आफ्नो भूमि फिर्ता ल्याउन कुनै भूमिका नखेलेको भन्दै हिँजोको दिनमा गरिएको राष्ट्रवाद उग्रराष्ट्रवाद थियो कि उग्रराष्ट्रवादी थिएन भने त्यो कृतिृम राष्ट्रवाद थियो कि लुते राष्ट्रवाद थियो भन्दै सदनसमक्ष प्रधानमन्त्रीले उपस्थित भएर राष्ट्रवादबारे व्यवहारमा जवाफ दिन माग गरे। साथै उनले नेपाल सरकार र अमेरिकी सरकारबीच भएको मिलिनियम च्यालेन्ज कोअपरेशन (एमसीसी) सहयोग परियोजनाको सम्झौता यहि सदनबाट पारित गर्न माग गरे। उनले सरकारमा रहेर विधेयक तयार पार्दै गर्दा आफैले बनाएको संविधान विपरित त जाँदैन भन्नेतर्फ गम्भिर भएर सोच्न आग्रह गरे। विगतमा राष्ट्रिय मानवअधिकार आयोगको अधिकार संकुचन गर्नेदेखि मिडिया र स्वतन्त्र प्रेसविरोधी विधेयक ल्याएको सरकारले फेरि अहिले गोपनीयताको हक कुण्ठित गर्ने गरी विशेष सेवा विधेयक ल्याएको भन्दै उक्त संविधान विपरितको विधेयक कुनै हालतमा स्वीकार्य नहुने चेतावनी दिए। त्यसैगरी उनले संविधानले शक्ति सन्तुलनको लक्ष्य लिएर बनाएका कतिपय प्रावधानहरु विपरित गएर सरकारले संवैधानिक परिषदमा विपक्षी दलको नेतारहित बनाउनेगरी अध्यादेश ल्याउने कोशिश गरेको र अहिले त्यहि विधेयक ल्याए परिणाम गम्भिर हुने बताए। विगत दुर्ई वर्षको कार्यकाल विताउँदा पनि सरकारले राष्ट्रिय गोरवका आयोजनामध्ये ३ वटाको काम भएको भनेपछि बाँकी १९ वटामा किन प्रगति भएन भन्दै सरकारको गलत क्रियाकलाप र रवैयाका कारण मेचाम्ची खानेपानी आयोजना अर्को दशैंसम्म पनि सम्पन्न नहुने अवस्थामा पुगेको बताए। त्यसैगरी उनले बुढीगण्डकी जलविद्युत परियोजनाका लागि जनताले प्रतिलिटर पाँच रुपैयाँका दरले रकम दिएपनि अहिलेसम्म आयोजना निर्माणको विषय अन्यौलमा परेको भन्दै चिन्ता व्यक्त गरे। भ्रष्टाचारमा शून्य सहनशीलताको कुरा गरेको सरकारले वास्तविकतामा भ्रष्टाचारमा शून्य सफलता हाँसिल गरेको आरोेप लगाए। विगतमा वाइड बडी, सुनकाण्ड, एनसेल प्रकरणको कुरा सुनेकोमा त्यी कुरा टुंगो नपाउँदै नेपाल ट्रष्टको जग्गा थामसेर्कु कम्पनी र गोकर्ण रिसोर्टको जग्गा यतीलाई कौडीको समय नपुग्दै भाउमा दिएर नयाँ रेकर्ड कायम गर्दा जनतामा निराशामा परिणत भएको बताए। साथै उनले देशमा संविधान बमोजिम सरकारमात्रै परिणत भएको हो सत्ता परिणत भएको होइन भन्दै संविधान विपरित गएर कम्युनिष्ट व्यवस्थाको झलक दिनेगरी ऐन कानून नल्याउन चेतावनी दिए।
प्रकाशित मिति: मंगलबार, पुस १, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update