संसदीय समितिमा खेलकूद विकाससम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७५ माथि सोमबारबाट दफावार छलफल शुरु भएको छ ।सिंहदरबारमा सोमबार बसेको शिक्षा तथा स्वास्थ्य समितिमा राष्ट्रियसभाको विधायन समितिबाट पारित आएको विधेयकमाथि छलफल शुरु भएको हो ।
छलफलका क्रममा बिधेयकको प्रस्तावनामा ‘खेल क्षेत्रको पनि अध्ययनअनुसन्धान गर्ने’ भन्ने शब्द राखेर टुङ्ग्याइएको छ । यसैगरी समिति बैठकमा अन्तरराष्ट्रिय खेलाडीका सम्बन्धमा पनि दफावार छलफल भएको छ । विधेयकमा अन्तरराष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गर्नेलाई मात्र अन्तरराष्ट्रिय खेलाडी भन्ने उल्लेख भएकाले अन्तरराष्ट्रिय खेलाडी कसलाई भन्नेबारे छलफल भएको थियो ।
बैठकमा युवा तथा खेलकूदमन्त्री जगत्बहादुर विश्वकर्माले अन्तर्रा्ष्ट्रिय प्रतियोगितामा पदक जितेकालाई मात्र अन्तरराष्ट्रिय खेलाडी भन्नुपर्ने बताएका थिए ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष पनि रहेका सांसद जिवनराम श्रेष्ठले अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागी सबैलाई अन्तरािष्ट्रिय खेलाडी मान्नुपर्ने भनी विधेयकमा संशोधन दर्ता गराएका छन् । समितिको अर्को बैठक आगामी पुस ४ गते बस्ने छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय