हिमाल दैनिक
राजकुमार ह्यारी दम्पत्ति आफ्नै सुरक्षा खर्चमा अमेरिका
prince-harry-meghan
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले बेलायती राजकुमार ह्यारी र राजकुमारी मेघनको अमेरिका बसाईको सुरक्षा खर्च व्यहोर्न नसक्ने बताएपछि बेलायती राजकुमार दम्पत्ति आफ्नै सुरक्षा खर्चमा अमेरिकाको क्यालिफोर्निया पुगेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हाल देशमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको अवस्था रहेकोले उनिहरुलाई सुरक्षा खर्च पनि उपलब्ध गराउन नसकिने जानकारी आइतबार दिएका थिए । बेलायती राजकुमार ह्यारी दम्पत्ति अमेरिकाको क्यालिफोर्नियामा बस्न जान लागेको बेला अमेरिकी राष्ट्रपतिले सो धारणा राखेका थिए । उनिहरु क्यानाडाबाट लस एन्जलसहुँदै त्यसतर्फ जान लागेका हुन् । राजकुमार दम्पत्ति क्यालिफोर्नियातर्फ लाग्ने क्रममा राष्ट्रपति ट्रम्पले ट्वीटरमार्फत सो कुराको जानकारी गराउनुभएको अमेरिकी पत्रिका वासिङ्टन पोष्टले जानकारी दिएको छ । क्यानाडामा बस्दै आएको बेलायतका राजकुमार दम्पत्ति आफ्नो निजी विमानबाटै क्यानाडाबाट लस एन्जलस सिटी उडेका हुन् । क्यानाडा र अमेरिकाबीचको सीमा क्षेत्र बन्द गर्न लागेकोमा त्यसको केही दिन अघि उनिहरु उडेका थिए । कोरोना भाइरसका कारण क्यानाडा र अमेरिकाबीचको सो राज्यको सीमा क्षेत्र बन्द गर्न लागिएको यसअघि नै समाचारमा आएको थियो । ह्यारी दम्पत्ति केही महिनादेखि क्यानाडामा बस्दै आउनु भएको थियो । अहिले अमेरिकाको क्यालिफोर्निया पुगेको हो । उनिहरुले अबको केही समयपछि देखि नै बेलायतको राजपरिवारको सदस्य नरहने घोषणा गरिसक्नुभएको छ । एक स्वतन्त्र र सामान्य नागरिकका रुपमा बस्न लाग्नुभएका उहाँहरुले आफ्नै विमानमा क्यालिफोर्निया जाने बताएपछि राष्ट्रपति ट्रम्पले आइतबार सो धारणा राखेको बताइएको छ । राष्ट्रपति ट्रम्पले आइतबार ट्वीट गरी अमेरिका कोरोना भाइरसको प्रकोपमा रहेकोले बेलायतको राजदम्पत्तिलाई आफ्नो देशले सुरक्षाको प्रबन्ध गर्न नसक्ने बताएको अमेरिकी सञ्चारमाध्महरुले जनाएका छन् । साथै सो ट्वीटमा आफू बेलायतकी महारानी र संयुक्त अधिराज्यको महान साथी तथा प्रसंशक समेत रहेको पनि राष्ट्रपति ट्रम्पले उल्लेख गरेका छन् । उनिहरु अमेरिका आउनका लागि क्यानाडा छोडेको भन्ने मैले थाहा पाएको छु, म यो कुरा स्पष्ट गर्न चाहन्छु कि हामीले उहाँको सुरक्षा खर्चको व्यवस्थापन गर्न सक्नेछैनौँ– राष्ट्रपति ट्रम्पको ट्वीटमा भनिएको छ । उनको यो अभिव्यक्तिपछि राजदम्पत्तिका प्रवक्ताले भने बेलायती राजदम्पत्तिले अमेरिकासँग सुरक्षा सहयोगको याचना नगरेको स्पष्ट पारेका थिए । उनले एक विज्ञप्ति प्रकाशन गरेर अमेरिकाको तर्फबाट राजदम्पत्तिले सहयोगको याचना नगरेको र आफैले सुरक्षा खर्चको व्यवस्थापन गर्ने तयारी पहिले नै गरिसकेको बताएका थिए। मेघन अमेरिकाको लस एन्जलस सहरमा हुर्केकी हुन् । अहिले पनि उनकी आमा सोही शहरमा बस्दै आएकी छिन् । त्यसैले उनिहरु लस एन्जलस पुगेका हुन् । त्यहीँबाट उनिहरु सोमबार नै क्यानिफोर्निया लागेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।(रासस÷एपी) 
प्रकाशित मिति: शनिबार, चैत १५, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update