हिमाल दैनिक
रसियाको कुरिल द्वीपमा बुधबार बिहान २:४९ बजे ७.५ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ सर्भेले जनाएको छ । सर्भेका अनुसार रसियाली शहर सेभेरो–कुरिल्स्कबाट दक्षिणपूर्व करिब २१९ किलोमिटरको टाढा जमिनको सतहबाट करिब ५७ किलोमिटर गहिरो भागमा भूकम्पको केन्द्र रहेको छ । भूकम्पबाट भएको जनधनको क्षतिको विवरण प्राप्त भइनसकेको स्थानीय रुसी अधिकारीहरुले बताएका छन् । (रासस/एएनआई)
प्रकाशित मिति: आइतबार, चैत ९, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update