भारतमा आज राती १२ बजे देखि २१ दिन सम्म लकडाउन गरिने घोषणा गरिएको छ। मंगलबार बेलुका देशवासीलाई सम्बोधन गर्ने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त निर्णय गरेका हुन्।
यसअघि मार्च १९ को सम्बोधनमा मोदीले भारतमा मार्च २२ गतेबाट 'जनता कर्फ्यु' लागु गरेका थिए।
बिश्वभर महामारीको रुपमा फैलिदै गएको कोरोन भाइरस (कोबिड-१९) लाई मध्यनजर राखेर जनताको स्वास्थ्यका लागि उनले 'जनता कर्फ्यु' भन्दा एक कदम अगाडी बढेर यो निर्णय गरेको बताए। उनले कोरोनाको संक्रमण चक्र तोड्न २१ दिन निकै महत्वपूर्ण भएको उक्त निर्णय गरेको बताए।
यो २१ दिनको लक डाउनमा सबै जनतालाई घरबाट निस्कन बन्देज लगाइएको छ।
चीनको वुहानबाट सुरु भएको कोरोनाबाट भारतमा ५१९ जना संक्रमित भएका छन् भने १० जनाको मृत्यु भएको अन्तराष्ट्रिय स्वास्थ्य संगठनले जनाएको छ।
प्रकाशित मिति: शनिबार, चैत ८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय