हिमाल दैनिक
मध्य प्रदेशको मुख्यमन्त्रीमा चौहान चयन
shiv-singh-chauhan
भारतको मध्य प्रदेशको मुख्यमन्त्रीका रुपमा भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता शिवसिंह चौहान चयन भएका छन् । स्थानीय समयअनुसार सोमबार बेलुका पार्टीको मुख्यालयमा बस्ने पार्टी संसदीय दलको बैठकले उनलाई अनुमोदन गर्नेछ । पार्टी बैठकपछि सोमबार नै बेलुका ९ बजे उनले सपथ ग्रहण गर्ने तालिका रहेको नेताहरुले बताएका छन् । नेता चौहान यसअघि सन् २००३ देखि २०१८ सम्म पनि मुख्यमन्त्री भएका थिए । निवर्तमान मुख्यमन्त्री कमल नाथले यही मार्च २० तारिखका दिन राजीनामा दिएपछि चौहानले फेरि मुख्यमन्त्री हुने मौका पाएका हुन्। भारतीय राष्ट्रिय काँग्रेसका २२ जना विधायकले पार्टी परित्याग गर्ने र विधायक पदबाट राजिनामा दिने घोषणा गरेपछि काँग्रेस नेता कमलनाथले गभर्नर लालजी टन्डन समक्ष राजीनामा बुझाएका थिए । योसंँगै भारतको मध्य प्रदेश राज्यमा सत्ता परिवर्तन भएको हो ।
प्रकाशित मिति: शुक्रबार, चैत ७, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update