अमेरिकी उपराष्ट्रपति माइक पेन्स र उनकी पत्नीलाई कोरोनाभाइरस संक्रमण नदेखिएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।
उपराष्ट्रपतिका प्रेस सचिव क्याटी मिल्लरले ट्वीट गर्दै उपराष्ट्रपति पेन्स र उनकी पत्नी कारेन पेन्स दुबैको स्वास्थ्य परीक्षण गर्दा कोविड–१९ को संक्रमण नदेखिएको जानकारी दिएका छन् ।
यसअघि उपराष्ट्रपति पेन्सले आफ्नो कार्यालयमा कार्यरत एक कर्मचारीमा भाइरसको संक्रमण देखिएपछि स्वास्थ्य परीक्षण गर्ने बताएका छन्। (रासस-एएफपी)
प्रकाशित मिति: बिहीबार, चैत ६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय