हिमाल दैनिक
विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमणबाट बिहिबार अपरान्हसम्म ८ हजार ९ सय ७९ व्यक्तिको मृत्यु भएको छ। विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको बिहिबार बिहानसम्मका तथ्याङ्क अनुसार, संसारभरी २ लाख १९ हजार ९ सय ६४ जना कोरोना भाइरस संक्रमित भएका छन्। यसरी संक्रमित व्यक्तिहरुमध्ये ८५ हजार ७६९ जना उपचारपछि घर फर्किएका छन् भने एक लाख २५ हजार२१६ व्यक्ति हाल संक्रमित रहेको जनाइएको छ। कोरोना भाइरस कोभिड–१९ को संक्रमण हालसम्म १७६ वटा देशमा देखा परिसकेको छ। चीनको वुहानबाट सुरु भएको संक्रमणबाट चीनमा ३२ सय ४५ जनाको मृत्यु र ८० हजार ९ सय २८ संक्रमित भएकोमा ७० हजार भन्दा बढिको उपचार गरी निको भएको छ। त्यसपछि छोटो समयमै महामारीका रुपमा देखा परेको कोरोनाबाट इटलीमा २ हजार ९ सय ७८ जनाको निधन भइसकेको छ। त्यसपछिको ठूलो संख्यामा निधन हुने मुलुकमा इरानमा ११ सय ३५ जनाको रहेको छ। नेपाल भने अहिलेसम्म एउटा मात्र व्यक्तिमा संक्रमण देखिएको भएपनि उक्त व्यक्तिको उपचारपछि निको भएर गएको जानकारी राखिएको छ।
प्रकाशित मिति: सोमबार, चैत ३, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update